NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भूर्तेलको अर्को सम्झनलायक पारी, पाँच खेलमा ४ अर्धशतक

काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेटको फाइनलमा नेपालका कुशल भुर्तेलले ७७ रन बनाएर आउट भएका छन् । यसका लागि उनले ५३ बलको सामना गरेका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेदरल्यान्डस्‌विरुद्ध कुशलले पुनः अर्को सम्झनलायक पारी खेलेका हुन् । आफ्नो टी-२० करियरकै उच्च स्कोर बनाउने क्रममा उनले ८ चौका र ३ छक्का हिर्काए । यसअघि नेदरल्यान्डस्‌विरुद्धका दुवै खेलमा पनि उनले अर्धशतकीय पारी खेलेका थिए । जसमा ६२/६२ रन स्कोर गरेका थिए । यसै प्रतियोगिताबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु गरेका उनले ५ खेलमा ४ वटा अर्धशतक प्रहार गरिसकेका छन् । उनी आसन्न प्रतियोगिताका हालसम्मका सर्वाधिक रन (२७८) स्कोररसमेत हुन् । आजको खेलमा नेपालले नेदरल्यान्डस्‌लाई हराए पहिलोपटक टी-२० क्रिकेट प्रतियोगिताको पहिलो उपाधि हात पार्नेछ ।