NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कुशल भुर्तेल बने प्लेयर अफ द सिरिज

काठमाडौं । घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । टी–२० अन्तर्राष्ट्रियमा यो उनको व्यक्तिगत उच्च स्कोर समेत हो । उनले ५ खेल खेल्दै कूल २७८ रन बनाएका छन् ।