NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

डोटीका दुईजना क्यान्सरपीडितलाई मन्त्री आलेले गरे आर्थिक सहयोग

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले क्यान्सर रोगले पीडित भएका डोटीका दुई जनालाई आज आर्थिक सहयोग प्रदान गरेका छन् । क्यान्सररोग पीडित जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ बस्ने ३७ वर्षीय सुर्वण कठायत तथा सोही नगरपालिका–५ बस्ने १२ वर्षीय संगीत सेवालाई उपचारमा सहज होस् भनेर मन्त्री आलेले सहयोग प्रदान गरेको नेकपा (एमाले)का डोटी जिल्ला पार्टी सचिव लक्ष्मण मलासीले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित भएका कठायतको क्यान्सर अस्पताल हरिसिद्धि ललितपुर तथा अर्का पीडित सेवाको क्यान्सर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ । मन्त्री आलेले कठायतलाई २० हजार तथा सेवालाई १५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।