NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

परिषद्को पहलमा पर्यटन व्यवसायीलाई कोरोनाको खोप

काठमाडाैं । ठमेल पर्यटन विकास परिषदकाको पहलमा काठमाडौं उपत्यकाका पर्यटन व्यवसायीले खोप लगाएका छन् । उपत्यकाका आठ हजार भन्दा बढी पर्यटन व्यवसायीले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाएका हुन् । परिषद्का उपाध्यक्ष तथा कोभिड –१९ पर्यटन व्यवसाय विपत समन्वय समितिका संयोजक भविश्वर शर्माले परिषद्का सदस्य तथा त्यहाँ आवद्ध पर्यटन व्यवसायीहरूलाई खोप प्रदान गरिएको जानकारी दिए । शर्माको पहलमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, श्वास्थ्य सेवा विभाग र स्वास्थ कार्यालय काठमाडौंको सहयोगमा परिषद्का सदस्य तथा कर्मचारीहरुको लागि दश हजार डोज खोप स्वीकृत भएको थियो । नयाँबजार स्थित पिपुल्स डेन्टल हस्पिटललाई ठमेल पर्यटन विकास परिषदको एकल खोपकेन्द्र बनाइ शुरु गरिएको उक्त खोप केन्द्रमा आठ दिनसम्ममा परिषदमा सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरु गरी करिब आठ हजार पर्यटन व्यवसायीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेको उपाध्यक्ष शर्माले बताए । व्यवसायीका लागि यो कार्यक्रम ल्याउन आफू बिगत एक महिना देखी १८ घन्टा सम्म काम गरेको शर्मा बताउँछन् । ‘यो अभियानलाई व्यवस्थित र मर्यादित बनाई यथा शाक्य छिटो लाइनमा बसेका व्यवसायी तथा कर्मचारीहरूलाई खोप लगाउनको लागि आठौं दिनसम्म मेरो परिवारका चार सदस्य लगायत ३० जना स्वयंसेवकले १२ घण्टा काम गरे,’ उनले भने, ‘ठमेलमा कोरोना भाइरसको जोखिम घटाउन र ठमेल सुरक्षित छ भन्ने सन्देश दिन दीर्घकालीन सोचाइका साथ यो खोप लगाइएको हो ।’ नेपाल आउने ८० प्रतिशत विदेशी पर्यटक सिधै ठमेल पुग्ने हुनाले ठमेल सुरक्षित छ भन्ने सन्देश दिनका लागि यो पहल महत्वपूर्ण भएको उनी बताउँछन् । अबको ४ सातापछि यसै केन्द्रबाट दोस्रो डोजको खाप पनि उपलब्ध गराइने उनले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष