NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अविश्वास प्रस्तावको सूचनापछि नेपाल समूहका सांसदलाई कारबाही गर्न ओलीले बोलाए आकस्मिक बैठक

काठमाडौं । आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी गरेका छन् । कांगेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको सूचना पाएपछि ओलीले नेपाल समूहका सांसदलाई कारबाही गर्न लागेका हुन् । ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् । एमाले स्रोतका अनुसार ओलीले माधव नेपाल पक्षका सांसदलाई पदबाटै हटाउने तयारी गरेका छन् । परिस्थिति अनुकूल हुँदा विपक्षी दलहरु अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन्। अविश्वासको प्रस्ताव आए नेपाल समूहले फ्लोर क्रस गर्न सक्ने डर ओलीलाई छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेर नेपाल समूहले फ्लोर क्रस गरेको थियो । कर्णालीको परिस्थितिबाट राम्रैसँग परिचित भएका ओलीले आफूविरुद्धको अविश्वास प्रस्तावमा पनि त्यस्तो नहोस् भन्ने उद्देश्यका साथ नेपाल पक्षमा सांसदलाई कारबाहीको तयारी गरेका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै ओलीको विकल्पको खोजी भइरहेको छ । तर, विपक्षी दल एकमत नुहँदा अविश्वासको प्रस्ताव आउन सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष