NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

होम आइसोलेसनमा रहेका संक्रमितद्वारा आत्महत्या

कोहलपुर । बाँकेमा होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमित पुरुषले आत्महत्या गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका–९ का ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै रमा आत्महत्या गरेका हुन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ पौन सात बजेतिर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बैशखा ३ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । शनिबार साँझ उनी बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष