NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । महाधिवेशन आयोजक कमिटीको बैठक डाकिए पनि त्यसअघि आकस्मिक रुपमा स्थायी कमिटी बैठक सुरु भएको हो । स्पष्टीकरण सोधिएका सांसदलाई कारबाही गर्ने जिम्मेवारी पाएको स्थायी कमिटीको बैठक सुरु भएको हो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माधव कुमार नेपाल पक्षका २७ मध्ये केहीलाई आजै कारबाही गर्ने तयारी बैठकको छ । बिहान १० बजे बोलाइएको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक अझै सुरु भएको छैन । स्थायी कमिटी बैठक सकिएलगत्तै बैठक बस्ने बताइएको छ । अविश्वास प्रस्ताव आउने सूचना पाएपछि ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष