NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेपाल समूहको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ । दर्ता भएका दिन हेर्न नभ्याइनेमा राखिएको रिट आज सर्वोच्चको पेशीमा चढेको छ । कारबाही रोक्न माग गर्दै दायर गरिएको रिट न्यायाधीश ढुंगानाको एकल इजलासमा तोकिएको छ । सुनुवाइ ३०औं नम्बरमा परेको छ । केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष केपी शर्मा ओलीको निर्णय पार्टी विधान र कानुनको समेतविपरीत भएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष