NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दिउँसो तीन बजे सीसीएसीको बैठक बस्दै

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा निर्देशक समितिको बैठक बोलाइएको हो । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ । यसैबीच, आइतबार दिउँसो बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक समितिका सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तत्काल देशव्यापी लडडाउनको सम्भावना नरहे पनि आशिंक लकडाउन हुनसक्ने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष