NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङ पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो । उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो । तामाङलाई पक्राउ गर्दा पत्रकारहरूले नाराबाजी गरेका थिए । यस्तै पत्रकारका नेताहरुले पनि समाचार लेखेकै आधारमा पक्राउ गरिनु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष