NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कर्णाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट बन्दै

काठमडौैं । कर्णाली प्रदेशिक अस्पतालमा अक्सिजन प्लान्ट बन्ने भएको छ । अस्पतालका कोरोना फोकल पर्शन डा. केएन पौडेलका अनुसार आगामी हप्तादेखि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण सुरु गरिने भएको हो । कति क्षमताको अक्सिजन प्लान्ट बन्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । अस्पतालमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदा भएका अक्सिजनहरुले नपुग्ने सम्भावना रहेकाले अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको उनले बताए । कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमितलाई लागि २५ वटा आइसियु र ८ वटा भेन्टिलेटर सहितको वार्ड छुट्याईएको छ । हाल कर्णाली प्रादेशिक अस्पतालमा २० जना कोरोना संक्रमित उपचाररत छन् । पौडेलका अनुसार उपचाररत २० जनामध्ये १९ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ भने बाँकी एक जनालाई आइसोलेसनमा राखिएको छ । उनले भने, ‘अस्पतालमा विरामी थप हुँदा अक्सिजनको अभाव हुन्छ भन्ने महसुस गरेर अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो ।’ हाल अस्पतालसँग ४० वटा अक्सिजन सिलिन्डर रहेका छन् । प्रत्येक विरामीलाई तीनदेखि चार घण्टामा अक्सिजन फेर्नु पर्दा अक्सिजन अपुग हुने डर रहेको उनले बताए । उनले भने, ‘हाललाई थप अक्सिजन ल्याउने निर्णय भएको छ । आगामी हप्ताबाट अक्सिजन प्लान्टको निर्माण पनि सुरु गर्ने तयारी भएको छ ।’

ताजा अपडेट

नेपालवाच विशेष