NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

संक्रमितले भरियो धनगढीको अस्थायी कोभिड अस्पताल

धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । उनकाअनुसार संक्रमितमध्ये ११ जनाको आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै, २५ जनालाई अक्सिजन दिएर राखिएको र १३ जनालाई आवश्यकताका आधारमा अक्सिजन दिने काम भइरहेको श्रेष्ठले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष