NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एक साताका लागि बाँके जिल्लाभरी निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँके जिल्ला प्रशासन कार्यालयले जिल्ला भरी नै निषेधाज्ञा जारी गरेको छ । यसअघि उपमहानगरभित्र मात्रै निषेधाज्ञा जारी गरेको प्रशासनले अब पूरै जिल्ला नै जोखिममा रहेको निकर्ष निकालेको छ । सूचना जारी गर्दै भोलिदेखि लागू हुनेगरी बैशाख २१ गतेसम्मका लागि जिल्लाव्यापी निषेधाज्ञा जारी गरेको हो । विभिन्न प्रयास गर्दा पनि कोरोना झन् जोखिमपूर्ण स्थितिमा पुगेको भन्दै प्रशासनले अत्यावश्यकबाहेक अन्य सबै कार्यहरु जिल्लाभरी नै बन्द गरेको छ । अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, दमकल, सरकारी गाडी, नियोगका गाडीबाहेक अरु सार्वजनिक सवारी सञ्चालनमा निषेध गरिएको छ । यस्तै, खाद्यान्न, दूध तथा तरकारी पसल भने बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । त्यसमा पनि भीडभाड गरेको पाइएमा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । बाँकेमा हालसम्म एकसय ८० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष