NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आज पनि नेपालसहित चार नेताको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । नेकपा एमालेका निलम्बनमा परेका चार नेताले सर्वोच्चमा दायर गरेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा उक्त रिटउपर आइतबार सुनुवाइ तोकिएको थियो । आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट १४ बुँदे मागसहितको संयुक्त रिट दायर गरिएको थियो । रिट निवेदकले आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारबाही उत्प्रेषण, प्रतिशोधको भएकोले आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ । ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् । रिट दर्ता भएको दिन पनि हेर्न नभ्याइनेमा राख्दै आइतबारका लागि पेशी तोकिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष