NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एकैदिन थपिए तीन हजार बढी नयाँ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालका कोरोना भाइरसका थप तीन हजार एकसय २२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ९ हजार २९२ जनाको पीसीआर र ७८६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमा पीसीआर परीक्षणमा तीन हजार ३२ जना एन्टीजेन परीक्षणमा ९० जनामा संत्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आइतबार थपिएका मध्ये पनि काठमाडौंका मात्रै एक हजार एकसय ३२ जना छन् । यस्तै भक्तपुरमा ९६ र ललितपुरमा २७० कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष