NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित, भारतीय नाकाबाट नेपाल भित्रिनेलाई कडाइ

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन कार्यदल (सीसीएमसी)ले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफरिस गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज अपराह्न बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा गर्न पनि सरकारसमक्ष सिफारिस गरेको छ । गाउँ र सहरी क्षेत्रमा उक्त संख्यामा संक्रमित देखिए सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो । बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । फाइल तस्बिर

ताजा अपडेट

नेपालवाच विशेष