NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गाउँमा दुई सय र सहरमा पाँच सय संक्रमित पुष्टि भए निषेधाज्ञा

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन कार्यदल (सीसीएमसी)ले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित पुष्टि भएमा निषेधाज्ञा जारी गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आइतबार अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गाउँ र सहरी क्षेत्रमा उक्त संख्यामा संक्रमित पुष्टि भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो । उपत्यकाका तीनै जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द यसैबीच उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गरेका छन् । उपत्यकामा कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएकाले आइतबार बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा सुशासन कायम गर्न र सुरक्षा संयन्त्र परिचालन गर्नेबाहेकका नागरिकता बनाउने, हतियार दर्तालगायतका सेवा एक साताका लागि बन्द गरिएको हो । त्यस्तै, आज बसेको सीसीएमसी बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । फाइल तस्बिर

ताजा अपडेट

नेपालवाच विशेष