कोरोनाका कारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित
काठमाडौं । बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आज सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । कोरोना भाइरसबाट विद्यार्थीहरु सङ्क्रमित भई अस्पताल भर्ना भएको भन्ने बुझिएकाले सञ्चालनमा रहेका कृषि विज्ञान तर्फका परीक्षाहरु र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने गरी समय सारिणी प्रकाशित गरिएका परीक्षाहरु स्थगित गरिएको विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दवल्लभ पन्तले बताए । शनिबार विद्यार्थीले परीक्षा स्थगनको माग गर्दै विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया