NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बलात्कार मुद्दामा पत्रकार केदार कोइराला दोषी ठहर

काठमाडौं । पत्रकार केदार कोइराला बलात्कार मुद्दामा दोषी पाइएका छन् । उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका पत्रकार कोइरालालाई दोषी ठहर गरेको हो । आइतबार न्यायाधीश अच्युत विष्ट र नवराज थपलियाको इजजलासले कोइरालालाई दोषी ठहर गरेको हो । उनलाई कति सजाय गर्ने भन्ने निर्णय भने अर्को पेशीमा गरिनेछ । जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाइ दिएको थियो । त्यसविरूद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । सफाइ दिए पनि कोइरालाले पीडितलाई १० लाख क्षतिपूर्ति भराउने आदेश जिल्ला अदालतले दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष