NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जन्ती सवार बसलाई टिपरले ठक्कर दिँदा दुई बालिकाको मृत्यु

काठमाडौं । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बोकेको बसलाई ठक्कर दिँदा आइतबारे दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य चारको क्रिमसन अस्पतालमा उपचार भइरहेको बताइएको छ । भैरहवाबाट बुटवल आउँदै गरेको लु. १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु. १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष