NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बर्दियामा सोमबारदेखि लकडाउन

काठमाडौं । लुम्बिनी प्रदेशस्थित बर्दिया जिल्लामा भोलिदेखि लकडाउन गरिने भएको छ । जिल्लाबासीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार सुचना जारी गर्दै जिल्लामा लकडाउन गर्ने बताएको हो । छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण दर बढ्दै गएपछि बर्दियामा सोमबारदेखि एक साताका लागि लकडाउन गरिएको हो । जिल्लाबासीमा हरेक दिन कोरोना संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश सहित जिल्लाका अधिकांश स्थानमा ‘लकडाउन’को गरिने सोही सुचनामार्फ जानकारी गराइएको छ । स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न प्रमुख जिल्ला अधिकारीबाट जारी सुचनामा उल्लेख छ । जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ । लकडाउनको आदेश गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । प्रजिअ सुनारका अनुसार ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा पनि ‘लकडाउन’ लागु हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष