NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ढुंगाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुंगाले थिचेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ का २५ वर्षीय पदम पोखरेलले २४ वर्षीया पत्नी विपना रेग्मी पोखरेललाई ढुंगाले थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । मंगलबार राति करिब ८ बजेतिर ढुंगाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमानको खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् ।