NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज–१७ की ३९ वर्षीया महिला र १२ नम्बर वडाका २५ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । बैशाख ८ गते महिलाको पीसीआर परीक्षण गरिएको थियो । भोलिपल्ट कोरोना पुष्टि भएको थियो । गम्भीर बनेकी उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मंगलबार राति साढे १० बजे मृत्यु भएको ओलीले जानकारी दिए । यस्तै, कोरोना पुष्टि भएपछि बैशाख ६ गते नै अस्पताल भर्ना भएका पुरुषको बुधबार बिहान साढे २ बजे मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।