दीपक मनाङेको मुख्यमन्त्रीलाई झट्का : यो सरकार काम छैन दुई हप्तामा जान्छ
काठमाडौं । गण्डकी प्रदेशमा सांसद गायवदेखि डन पृष्ठभूमिका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्नेसम्मको उथलपुथल देखिएको छ । तर, युवा तथा खेलकुद मन्त्री बनेलगत्तै मनाङेले मन्त्री भएलगत्तै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई झट्का लाग्ने गरी बोलेका छन् । यो सरकार दुई हप्ताभन्दा बढी नटिक्ने थाहा हुँदा हुँदै पनि आफू मन्त्री बनेको बताएका हुन् । सपथग्रहण गरेपछि उनले भनेका थिए ‘यो सरकारको अब काम नै छैन, दुई हप्तामा जान सक्छ । तर म जति समय मन्त्री हुन्छु । खेल क्षेत्रमा केही नै केही परिवर्तन देखाएरै छोड्छु ।आफूले खेल क्षेत्रको सुधारको लागि प्रभावकारी काम गर्ने जिकिरसमेत उनले गरे । आफूलाई मनाङबाट जनताले दुई वर्ष नै मन्त्री बनाउन नपठाएको भन्दै उनले सांसदकै रुपमा पनि धेरै काम गर्न सक्ने बताए ।उनले अघिल्लो रात धेरै नसुतेको भन्दै मन्त्री बन्नका लागि भएको दौडधूपबारे पनि खुलासा गरिदिएका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएका कांग्रेस, माओवादी, जनमोर्चा र जसपा एक ठाउँमा उभिए उनले भनेजस्तै यो सरकारले बहुमत गुमाउने निश्चित छ । किनकी प्रदेशसभामा एमालेलाई सत्ता टिकाउन आफ्नो र मनाङेको मतले मात्रै ३१ सिट पुग्दैन । जनमोर्चा वा जसपाको साथ चाहिने हुन्छ ।
ताजा अपडेट
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
प्रतिक्रिया