NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

वीरगन्जमा थप ३ सङ्क्रमितको मृत्यु

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका ३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका २ महिला तथा १ पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको हो । बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । डा. दासका अनुसार नगवा निवासी महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि वैशाख १२ मा अस्पताल भर्ना गराइएको र उनको सोही दिन पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरी पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाटसमेत ग्रसित रहेका जितपुर निवासी पुरुषलाई वैशाख १० मा अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही दिन पीसीआर गरिएकोमा रिपोर्ट पोजिटिभ आएको डा. दासले जनाए । योसँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २८८ को परीक्षणमा १७५ मा संक्रमणदुई अङ्कमा भेटिँदै आएको कोरोना सङ्क्रमितको सङ्ख्या पर्सामा तेहरो अङ्कमा प्रवेश गरेको छ । वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा १७५ मा सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको आज बिहान आएको परीक्षण रिर्पोटमा १० देखि ७२ वर्ष उम्मेर समूहका १३१ पुरुष र ४४ महिलामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट १३१, बाराबाट ३४, सर्लाहीबाट ५, रौतहटबाट ३ र महोत्तरी तथा दाङबाट १/१ सङ्क्रमित भेटिएका डा. दासले जानकारी दिए । उनले भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ सम्म रहेको छ भने १५ देखि ३५ वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या बढी रहेको बताए । यससँगै पर्सामा कुल सङ्क्रमितको सङ्ख्या ४ हजार ४३९ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २९२ रहेको प्रशासन कार्यालयले जनाएको छ । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष