NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आईसीयू बेड नपाउँदा कोरोना संक्रमितको इमरजेन्सी वार्डमै ज्यान गयो

काठमाडौं । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै एक कोरोना संक्रमितको मृत्यु भएको छ । बैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षामा थिए । इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको शुक्रबार बिहान ९ः२८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । योसँगै हालसम्म रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष