NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

आज मध्यरातिदेखि आन्तरिक उडान बन्द हुँदै, ४१ जिल्लामा निषेधाज्ञा

काेराेना भाइरसकाे दाेस्राे लहर तीव्र रुपमा बढेसँगै सरकारले आज साेमबार मध्यरातिबाट लागू हुने गरी आन्तरिक हवाइ उडान बन्द गरेकाे छ। आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले आगामी बुधबारदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ। आइतबार मात्र सात हजार १ सय ३७ जनामा काेभिड संक्रमण पुष्टि भएकाे थियाे, जुन हालसम्मैकाे उच्च हाे। उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भएको छ । काठमाडाैंमा १६ वैशाखबाट निषेधाज्ञा कायम छ। सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हाे। हाल निषेधाज्ञा ४१ जिल्लामा लागू भइसकेकाे छ। उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यसअघि हवाई उडान बन्द गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उसको सिफारिसअनुसार मन्त्रिपरिषद्ले हवाई उडान बन्द गरेको हो।

ताजा अपडेट

नेपालवाच विशेष