NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आजदेखि २० प्रतिशत कर्मचारीबाट बैंकिङ सेवा, डिजिटललाई प्राथमिकता दिन निर्देशन

बैंक तथा वित्तीय संस्थाले आज सोमबारदेखि २० प्रतिशत कर्मचारीमार्फत बैंकिङ सेवा प्रदान गर्दैछन्। नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेकाे निर्देशन अनुसार बैंकहरुले निषेधाज्ञा जारी भएकाे क्षेत्रमा रहेका कार्यालयबाट २० प्रतिशतभन्दा कम कर्मचारीबाट सेवा प्रदान गर्नुपर्नेछ। काेराेनाकाे दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै बिहीबारदेखि काठमाडौँ उपत्यकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ। निषेधात्मक आदेशको पालनाका लागि स्थानीय तहसँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ । अनावश्यक कर्मचारीको उपस्थिति रोक्न डिजिटल प्रविधिमार्फत कारोबार बढाउन र भौतिक सेवालाई न्यूनीकरण गर्न राष्ट्र बैंककाे निर्देशन छ । कर्मचारीलाई पनि सक्दो घरैबाट र दूर पहुँचबाट काम गर्न जोड दिनसमेत निर्देशनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थालाई नजिकै रहेका शाखाहरूको हकमा थोरैभन्दा थोरै शाखा सञ्चालनमा ल्याई वैकल्पिक शाखाबाट आलोपालो सेवा प्रदान गर्नसमेत राष्ट्र बैङ्कको निर्देशन छ । बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जालमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, खुल्ने वैकल्पिक शाखा तथा समयावधिसम्बन्धी सूचना दैनिक रूपमा प्रकाशन गर्नुपर्ने निर्देशनमा उल्लेख छ।