NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

लुम्बिनीमा दुई स्वतन्त्र सांसद एमालेमै फर्किए

काठमाडौं । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद एमालेमै फर्किएका छन् । दुवै सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु एमाले संसदीय दलमै रहने प्रतिबद्धता जनाएका छन् । कपिलबस्तु–२ (ख) बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम–१ (ख) बाट निर्वाचित अजय शाहीले सोमबार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् । साथै कांग्रेस संसदीय दलका नेता कुलप्रसाद केसीले सरकार गठनका लागि आफूहरुसमेत रहेको दावी गर्नु कानुनविपरीत र बदलियतपूर्ण रहेको बताएका छन् ।