NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

जिल्ला प्रशासन र मालपोत कार्यालय बन्द

सिरहा । जिल्ला प्रशासन कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालय सिरहाले सेवा प्रवाह बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको राजश्व संकलनमा खटिएका बैंकका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा प्रवाह बन्द गरिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारीहरुको पनि पिसिआर परीक्षण गर्नुपर्ने र रिर्पोट नआएसम्म कार्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । जिल्लाको शान्ति सुरक्षा लगायतका अत्यावश्यक वाहेक अन्य सवै सेवाहरु अर्को सूचना जारी नभएसम्म स्थगीत गरिएको प्रजिअ कँडेलले बताए । यस्तै भूमिसुधार तथा मालपोत कार्यालयमा पनि कर्मचारीमा कोरोना संक्रमण देखिएकोले कार्यालय बन्द गरिएको छ । मालपोत कार्यालय सिरहाको मोठ फाँटमा कार्यारत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरुको पिसिआर परिक्षण गरिने र रिर्पोट नआउन्जेल आन्तरिक कार्यवाहेक अन्य सेवा बन्द रहनेछ ।