NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पाँच वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय बृद्ध पक्राउ

सुर्खेत । जुम्लामा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ परेका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटाका ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार बुद्धिमानले ती बालिकालाई गत बिहीबार बलात्कार गरेको उजुरी परेको थियो । आफन्तको उजुरीपछि जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।