NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आज बेलुका चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देशवासीका नाममा सम्बोधन गरेलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको हो । आइतबार नै मन्त्रिपरिषद् बैठक बसेको थियो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । कोरोना संकट र पछिल्लो राजीनिक परिदृश्यमाथि छलफल हुने बताइएको छ ।