NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुवैलाई पदमुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।उनीहरू दुवैजना माओवादी केन्द्र निकट हुन् ।