NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कतार सरकारद्वारा १४ नेपालीलाई आममाफी

काठमाडौं । कतार सरकारले विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई आममाफी दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा जनाइएको छ । कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।