NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । स्थायी समिति सदस्य देवप्रसाद गुरुङले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिने निर्णय गरेलगत्तै माओवादी केन्द्रले समर्थन फिर्ता लिने औपचारिक घोषणा गरेको हो । सरकार विरुद्ध सडक आन्दोलन समेत गरेको माओवादी केन्द्रले समर्थन फिर्ता नलिइ प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्दै आएको थियो । संसदमा बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्न नसकेको माओवादी केन्द्रले अब भने समर्थन फिर्ता लिने निर्णय गरेको छ ।