NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सुनको मूल्य घट्यो तर कारोबार शून्यजस्तै

काठमाडौं । सुनको मूल्‍य तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्‍य प्रतितोला ९० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्‍यमा पनि प्रतितोला ५ रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १३२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार १३२० रुपैयाँ तोकिएको छ । देशका प्रमुख सहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शून्यजस्तै रहेको महासंघले जनाएको छ ।