NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

संघीय सांसदहरुको स्वाब संकलन सुरु

काठमाडौं । बैशाख २७ गते बोलाइएको विशेष अधिवेशनका लागि संघीय सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुईदिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिने छ । भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिनेछ ।