NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सदस्य खड्काको निधनमा शोक जनाउँदै आज न्याय परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद्‌ले सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै आज सचिवालय बन्द गर्ने निर्णय गरेको छ । परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निरालाको निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोरोना सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो । कानुनको क्षेत्रमा ५३ वर्ष योगदान दिएका निराला भद्र तथा निर्भिक मानिन्थे । नेपालको न्यायापलिकाको विकासमा उनको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ । जनकपुरमा विंस २००० मा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका खड्का कानुन व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्‌मा नियुक्त भएका थिए ।