NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

देशभर ५८ जनाको मृत्यु, ८६५९ जंक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमण र मृत्युदरको ग्राफ दैनन्दिन उकोलो लाग्दो छ । बुधबार मात्रै देशभर ५८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर आठ हजार ६ सय ५९ जनामा नयाँ संक्रमण देखिएको छ । जसमध्ये २० हजार ७६५ जनाको पीसीआर परीक्षणमा आठ हजार ६ सय ५ जना र ६१६ जनाको एन्टीजेन परीक्षणमा ५४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार बुधबार काठमाडौं जिल्लामा मात्रै तीन हजार ८ सय ४९ जनामा कोरोना भाइरसको नयाँ संत्रमण पुष्टि भएको छ ।