NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

लुम्बिनी प्रदेशसभाका एमाले सांसद क्षेत्रीद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । डाँगी दाङ २ (ख)मा नेकपा(एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन् । राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।