NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

लखनऊमा अक्सिजन प्लान्टमा ब्लास्ट हुँदा तीन जनाको मृत्यु

काठमाडौं । उत्तर प्रदेशको राजधानी लखनऊमा बुधबार ठूलो दुर्घटना भएको छ । यहाँको देवा रोडस्थित केटी अक्सिजन प्लान्टमा ब्लास्ट हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समयमै प्रहरी र उद्धार टोली घटनास्थल पुगेपछि घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एसीपी विभूतिखण्ड प्रवीण मलिकका अनुसार रिफिलिङका बेला अक्सिजन लिक हुँदा प्लान्टमा ब्लास्ट भएको थियो । मृतकमध्ये एक जना प्लान्टका कर्मचारी हुन् भने अरु दुई जना रिफिलिङका लागि आएका व्यक्ति हुन् । प्रहरीले उक्त घटना जाँच गरिरहेको छ । दुर्घटनाका बेला प्लान्टबाहिर सैयौं मानिसको भीड थियो । सबै मानिसहरु सिलिन्डरमा अक्सिजन भराउन आएका थिए । ब्लास्ट हुनेबित्तिकै नजिकै अक्सिजन भराइरहेका युवकको हात चुडिँएर हावामा उडेको थियो । नजिकै रहेका अन्य सातजना पनि गम्भीर घाइते भएका छन् ।