NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अक्सिजन नपाएर दाङमा एकैदिन आठ जनाको मृत्यु

दाङमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत कोरोना संक्रमितको अक्सिजन अभावका कारण वितेको चौविस घण्टामा ८ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । दाङमा एक सय मात्रै अक्सिजन सिलिण्डर आपूर्ति भएपछि अक्सिजन अभावमा ८ जनाको मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिए । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाभित्रका ५ जना, घोराही उपमहानगरपालिका १ जना, गढवा गाउँपालिका १ र दङिशरन गाउँपालिका गरेर २ महिला र ६ पुरुष ८ जना रहेछन् । यस अघि दाङमा दैनिक ४ सय सिलिण्डर आउने गरेको थियो । बेलझुण्डीलाई मात्रै दैनिक ३ सय बढी अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए । ‘अक्सिजन अभावमा दैनिकजसो कोरोना संक्रमित बिरामीको मृत्यु हुन थाल्यो,’ व्यवस्थापक वलीले भने ‘यो हत्तेपाप हामी हेर्न सक्दैनौ । एक हजार व्याकप सिलिण्डर नहुँदासम्म संक्रमितलाई इन्ट्रि हुनदिदैनौ ।’ राजधानी दैनिकमा खबर छ।