NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

पशुपतिमा धेरै शव भएपछि जलाउन यस्तो वैकल्पिक व्यवस्था

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो । तर दुइटा मशिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन शुरू गरिएको छ । शवदाह गृहको एउटा मशिन बिग्रिएर थन्किएको छ । मशिन मर्मतका क्रममा रहेको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार कोरोना संक्रमित शवलाई निःशुल्क रूपमा विद्युतीयमा जलाउने गरिन्छ । प्रक्रिया पुर्‍याएर आएका सबै शव जलाउने गरिएको कार्कीको भनाइ छ । दैनिक ७५–८० वटा शव आउँदा मशिनले मात्रै धान्दैन । एउटा शव जलाउन करीब डेढ घण्टा लाग्छ । शव एकैचोटी ५–६ देखि १५ वटा आउने गर्छ । त्यहाँमाथि भएन ३–४ वटा गाडी एकैचोटी आउँछ,’ कार्कीले भने, ‘हामीले व्यवस्थापन त गर्नुपर्‍यो अरू चिता बनाएर । अस्ति ८२ वटा शव आएका थिए हिजो ७५ वटा आए । आज करीब ७९ वटाका लागि खबर आइसक्यो । यत्रो शव दुइटा मशिनले मात्रै कसरी जलाउन सक्नू ? अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।