NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपतिद्वारा कोरोनाविरुद्धको लडाइँमा नर्सहरुको योगदानको उच्च प्रशंसा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सहरुको उच्च प्रशंसा गरेकी छन् । आज ट्वीटमार्फत भण्डारीले अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा गरेकी हुन् ।् ‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ ट्वीटमा भनिएको छ । आज नेपालसहित विश्वभरि नै ‘नर्स : नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ ।