NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

लमजुङ भूकम्पले ७३ घरमा क्षति

लमजुङमा बुधबार दर्जनाैं भूकम्पका परकम्प गएका छन्। बिहान गएको भूकम्पका परि ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भिर छ। जिल्लाको विभिन्न स्थानमा ७३ घरमा क्षति पुगेको छ । क्षतिको विवरण आइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पका कारणले गर्दा दुई दिनकी सुत्केरीको टनेलमा बस्न विवस छिन् । भूकम्पले घर भत्केपछि दोर्दी गाउँपालिका– ८ को द्वार गाउँकी २३ वर्षीया दिलमाया मगर टनेलमा बस्न विवस भएको भएको पत्रकार विष्णुकुमार श्रेष्ठले जानकारी दिए । उनी दुई दिन अघि मात्रै अस्पतालमा सुत्केरी भएर घरमा गएकी थिइन् । बार्दलीमा सुतिरहेका सोही गाउँपालिका– ६ को ठूलीबेसी गाउँका २२ वर्षीय गोविन्द अधिकारीको बार्दलीबाट हाम्फाल्दा टाउकोमा चोट लागी बेहोस भएका थिए । उनको उपचारका लागि जिल्ला अस्पताल ल्याएको र प्रार्थमिक उपचारपछि सिटिस्क्यान गर्नु पर्ने भएकाले भरतपुर रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । भूकम्पले घर भत्केपछि दोर्दी गाउँपालिका– ८ को द्वार गाउँकी २३ वर्षीया दिलमाया मगर टनेलमा बस्न विवस छिन् । उनी दुई दिन अघि मात्रै अस्पतालमा सुत्केरी भएर घरमा गएकी थिइन् जिल्लाको विभिन्न स्थानमा ७३ वटा घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासकीय अधिकृत जगदिश मिश्रले सबै विवरण आएको बताए । उनका अनुसार पुराना र ढुंंगा माटोले बनेका घरमा बढी क्षति भएको छ । ‘सबैभन्दा बढी क्षतिको विवरण बेसीशहर नगरपालिकाबाट आएको छ । बेसीशहर नगरपालिकामा ४० वटा घरमा क्षति भएको छ ।’ उनले भने । बेसीशहरमै रहेको प्रमुख जिल्ला अधिकारीको निवास समेत चर्किएर बस्न जोखिम भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मिश्रले जानकारी दिए । राजधानी दैनिकमा खबर छ।