NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आज राष्ट्रियसभा उपनिर्वाचन, बादल, देवकाेटा र तामाङ प्रतिस्पर्धामा

बागमती प्रदेश राष्ट्रियसभा सदस्यका लागि आज बिहीबार हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीयताविज्ञ खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ मैदानमा छन्। मतदान बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म बागमतीकाे राजधानी हेटौँडामा हुनेछ। थापा सत्तासीन एमालेका उम्मेदार हुन भने देवकाेटा कांग्रेस र माओवादीका साझा उम्मेदवार हुन्। यद्यपि देवकाेटालाई स्वतन्त्र भनिएकाे छ। तामाङ नेमकिपाबाट उम्मेदवार छन्। देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल पक्ष र जसपाले समर्थन गरेकाे छ। बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचनको मत गणना र परिणाम घोषणा बिहीबार साँझ नै हुने भएको छ। बागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रबाट विजयी थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले थापालाई कारबाही गरी राष्ट्रिय सभा सदस्य पद रिक्त गराएको हो। बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता भएको छ । निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा अनिवार्य गर्दै कोभिड–१९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए।