NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मन्त्रिपरिषद् बैठकलगत्तै बालुवाटार किन पुगे महन्थ ठाकुर र राजेन्द्र महतो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा विश्वासको मत नलिने निर्णय गरेका छन् । बिहीबार बसेको बैठकले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै जनता समाजवादी पार्टीका दुई शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । मन्त्रिपरिषद्ले धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राष्ट्रपति समक्ष अनुरोध पठाएको छ । यस निर्णयसँगै महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । बिहीबार नै संघीय संसद् नरहेका सात मन्त्रीको पद बर्खास्त गरेको छ । साथै उनीहरुलाई काम गर्न नदिन पनि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि तटस्थ रहने भन्दै आएको जसपाको ठाकुर र महतो पक्ष प्रधानमन्त्री भेट्न जानुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । अब हुने सरकार गठनमा जसपाको पनि सहभागीता रहने टिकाटिप्पणी हुन थालेका छन् । सात मन्त्रीको पद गएसँगै उक्त मन्त्रालयमा जसपाका सांसदको इन्ट्री हुनसक्ने आंकलन गरिएको छ ।