देउवा निवासमा हुने सर्वदलीय बैठकमा एमालेबाट माधव नेपाल पनि …..
काठमाडौं । राष्ट्रपतिले बहुमत पुग्ने आधारसहित सरकारमा दाबी गर्न दिएको समय पाँच घण्टाजति मात्रै बाँकी हुँदा राजनीतिक भेटघाट तीव्र भएका छन् । कांग्रेस, एमाले, माओवादी र जसपाका आन्तरिक छलफलम भएका छन् । साथै, कांग्रेसले सर्वदलीय बैठक पनि बोलाएको छ । बैठकका लागि माओवादी, जसपाका नेताहरुलाई बोलाइएको छ । बैठकमा सहभागी हुन एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छ । कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्र धरापमा पार्न खोजिएको भन्दै वैकल्पिक सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको छ । यसै निर्णयपछि केहीबेरमा बस्ने गरी कांग्रेसले सर्वदलीय बैठक बोलाएको जानकारी सहमहामन्त्री डा. प्रकाशरण महतले दिए । सर्वदलीय बैठक अघि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न माओवादी अध्यक्ष प्रचण्ड उनको निवास पुगेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया