NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

हामी निकास दिन्छौं : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले आफूहरुले वर्तमान राजनीतिक परिस्थितिमा निकास दिने बताए । सिंहदरबारमा आफू पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले आफ्नो दलले निकास दिने दाबी गरेका हुन् । सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी निकास दिन्छौं ।’ आजै मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुसँग पनि छलफल हुने ठाकुरले बताए । अध्यक्षद्वय यादव र ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए । नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीको संसदीय दलको बैठक अहिले बसिरहेको हो । यस्तै ठाकुरले निकास दिने दाबी गरे पनि उनको बैठकमा उपेन्द्र यादव समूह भने सहभागी छैन । उनले नयाँ सरकारमा नेतृत्व गर्ने आफ्नो चर्चा भए पनि त्यसमा कुनै सम्भावना नरहेको बताए । बाहिर कुरा भएजस्तो दलहरुबाट कुनै औचारिक प्रस्ताव भने नआएको उनले स्पष्ट पारे । उनले अघि भने, ‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन ।’ राष्ट्रपतिले ७६ ९५०को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष