माओवादीको स्थायी कमिटीको बैठक १ बजे बस्ने
काठमाडौं । कांग्रेसले बोलाएको सर्वदलीय बैठकपछि माओवादीको स्थायी कमिटीको बैठक १ बजे बस्ने भएको छ । राष्ट्रपतिले विश्वासको मत पुग्ने गरी दाबी गर्न दिएको समय साढे चार घण्टा मात्रै बाँकी हुँदा दलहरुले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र लोकतन्त्रलाई नै धरापमा पार्न लागेको भन्दै कांग्रेस, माओवादी, जसपा र एमालेको असन्तुष्ट माधव नेपाल पक्षको समेत सहयोग लिएर वैकल्पिक सरकार गठनको तयारीमा दलहरु छन् । यसै विषयमा छलफल गर्न माओवादीले पनि स्थायी कमिटीको बैठक बोलाएको हो । तर, सम्भावित सत्ता समीकरणमा जसपा निर्णायक देखिएको छ । एमाले एक ठाउँमा उभिए जसपाका १५ सांसदले सहयोग गर्दा पनि ओलीले बहुमत पुर्याउन सक्नेछन् । तर, ओलीको विकल्पमा जसपाबाट महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी र जसपाकै डा. बाबुराम भट्टराई र उपेन्द्र यादव तयार भएका छन् । उता प्रधानमन्त्री केपी ओलीले पनि जसपालाई मनाउन संविधान संसोधन गर्ने, नागरिकता विषयमा लचिलो प्रावधान ल्याउनेसहितका आश्वासन दिइरहेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया